गुणस्तरीय शिक्षाका नाममा हुने बसाईसराई रोकेर दक्ष जनशक्ति गाँउमा उत्पादन गर्नुपर्छ मन्त्री गुप्ता (तस्बिर सहित)

1

-अनिल नेपाली

अर्घाखाँची २६ साउन- लुम्विनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले शिक्षालाई गुणस्तरीय बनाउनका लागि सबैको अनिवार्य र महत्वपुर्ण भुमिका हुने बताउनुभएको छ ।

ad

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा न ७ मा रहेको चन्द्रप्रभा माध्यमिक विधालयको आज अनुगमन गदै मन्त्री गुप्ताले यस्तो बताउनुभएको हो ।

No description available.

मन्त्री गुप्ताले गुणस्तरीय शिक्षाको नाममा गाँउबाट शहर केन्द्रित बसाईसराई बढेकोले अब गाँउका विधालयलाई गुणस्तरीय र प्रविधिमैत्री बनाएर दक्ष जनशक्ति उत्पादन गर्न सबै लाग्नुपर्ने बताउदै लुम्विनी प्रदेश सरकारमा शिक्षा क्षेत्रमा कम मात्रामा बजेट बिनियोजित गरेकोले अहिले तत्कालिन अनिबार्य आबश्यकता कामलाई प्राथमिकता दिएर भौतिक सरचना निर्माण गर्नतर्फ आफुले जिम्मेबार भुमिका खेल्ने बताउदै सदरमुकाम देखि टाढा रहेको चन्द्रप्रभा माध्यमिक विधालयको भौतिक सरचना निर्माणको लागि आफु मन्त्री हुदा वा नहुदाँ जिम्मेबार पुर्वक लाग्ने बताए ।

No description available.

कार्यक्रममा शिक्षा तथा समन्वय ईकाई प्रमुख मणिराम पराजुलीले मन्तब्य राख्दै शिक्षालाई गुणस्तरीय बनाउनको लागि प्रदेश र केन्द्र सरकारले जिम्मेबार भुमिका खेल्नुपर्ने बताए ।

No description available.

कार्यक्रममा विधालयको भौतिक सरचना विगतको अबस्था अहिलेको अबस्थाको बारेमा विधालयका प्रधानाध्यापक दिन ब थापाले समष्टिगत रुपमा जानकारी गराउदै असहजताका बीचबाट अहिले विधालय सञ्चालन भएतापनि सहजता प्रदान गरेर शिक्षालाई गुणस्तरीय प्रविधिमैत्री बनाउनको लागि सबैले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताए ।

No description available.

कार्यक्रममा विधालयका व्यबस्थापन समितिका अध्यक्ष गणेश बहादुर सिहले ऐतिहास बोकेको विधालय भएकोेले यसको स्तरउन्नतिको लागि सबैको महत्वपुर्ण भुमिका हुने बताए ।

No description available.

कार्यक्रममा स्थानीय दामोदर मल्लले चन्द्रप्रभा माध्यमिक विधालय सम्भाबना बोकेको र ईेतिहास भएको विधालय भएकोले विधालयको भौतिक सरचना शैक्षिक गुणस्तरता प्रदान गर्नको लागि सबै जिम्मेबार बन्नुपर्ने बताए ।

No description available.

कार्यक्रमको सहजीकरण विधालयका शिक्षक तिर्थराज आचार्यले गनुभएको थियो मन्त्री गुप्ताले विधालयको , भौतिक सरचना , विधालयको हालको अबस्था , विधार्थीको अबस्था शिक्षकको अबस्था लगायतको बारेमा जानकारी लिएर समस्या समाधान गर्नको लागि आफुले प्राथमिकता दिने बताए ।

No description available.ad