काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले संसद अवरुद्ध भएको समयको सेवा सुविधा नलिने घोषणा गरेका छन्।
रास्वपाका सभापति रवि लामिछानेले शुक्रबार सभामुख देवराज घिमिरेलाई भेटेर संसद अधिवेशन नियमित गर्न आवश्यक पहल लिन पनि आग्रह गरेका छन्। उनले संसद अवरोध भएर नचलेका बेला कुनै पनि सेवासुविधा नलिने पनि सभामुखलाई जानकारी गराएका हुन्।
उनले त्यसरी रकम हालसम्म पाएको भए त्यसको मिलान गरिदिन पनि आग्रह गरेका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधको कारण गत साउन १० गतेदेखि संसद बैठक अवरुद्ध छ।