– केशवराज ज्ञवाली
अर्घाखाँची – नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापती अमरसिंह पुनले काङ्ग्रेस पार्टी तीन करोड नेपालिको मुद्दा बोकेर साथै जनतालाइ केन्द्रमा राखेर अगाडि बढ्ने बताएका छन । नेपाली काङ्ग्रेस अर्घाखाँचीको प्रदेश सभा क्षेत्रीय सम्मेलनमा उपस्थित हुन सन्धिखर्क आएका पुनले नेपाल प्रेस युनियन अर्घाखाँचीद्वारा आज बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन ।
नेपाली काङ्रेस समग्र जनताको पार्टी भएकोहुदा कुनै आग्रह पुर्वाग्रह नराखी अगाडि बड्ने र देशबिकास सगैं समग्र पार्टी सांगठनिक बिकासमा लाग्नुपर्नेमा उनले जोड दिएका हुन ।
आज सम्मको अभ्यासले संघियता प्रभावकारी हुन नसकेको जिकिर गर्दै उनले अब सघियता प्रभावकारी बनाउन पार्टी तहबाटै लाग्नुपर्ने आवस्यकता भएको पनि बताए । सरकारले पनि प्रदेश र स्थानिय तहलाइ अधिकार दिन गार्हो मान्दा संघियता प्रभावकारी हुन नसकेको उनको भनाइ छ । सरकारी तवरबाट पनि सबै तह र तप्कालाइ अधिकार र जिम्मेवारी उत्तिकै बितरण गरि सघियता प्रभावकारी बनाउन लाग्नुपर्ने आवस्यकता रहेको पुनले जनाएका छन ।
पार्टी भित्रका सबै तहका संघ संगठन जिम्मेवार हुन आवस्यक भएको औल्याउँदै सभापती पुनले सबै तहका समितिले तहगत रुपमा जिम्मेवारी पूरा गर्ने र केन्द्रले पनि हस्तक्षेप नगरी जिम्मेवारी र कर्तव्य गर्न दिनु पर्ने आजको आवस्यकता रहेको बताए ।
बेरिजगारिका कारण भैरहेको युवा पलायन रोक्न सरकार जिम्मेवार भएर लाग्नुपर्ने र स्वदेशमा रोजगारी सृजना गर्न सबै संयन्त्र तत्काल प्रभावकारी रुपमा परिचालन गरि समस्याको दिर्घकालिन समाधान खोज्न पनि पुनले सरकारलाइ आग्रह गरेका छन ।
काङ्रेस पार्टी भित्रको चरम गुटबन्दी सम्बन्धी पत्रकारहरुको प्रश्नको जवाफमा पुनले नेपाली काङ्ग्रेस लोकतान्त्रिक ब्यबस्थामा बिस्वास गरिरहेको र पार्टिको अभ्यास पनि लोकतान्त्रिक रहेको हुदा प्रतिश्पर्धाका क्रममा गुटहरु देखिएको बताएका छन । यद्यपि ती गुटहरुको ब्यनस्थापन र गुट बिहिन काङ्ग्रेस निर्माणमा आफुहरु लागिरहेको पनि उनको भनाइ छ ।
उनले पार्टिमा र राज्यका अन्य अवसरमा आरक्षण दिने प्रक्रियामा सुधार आवस्यक रहेको पनि बताए ।आरक्षणको नाममा एउटै ब्यक्ती बारम्वार दोहोरिनु राम्रो नहुने , पटकपटक एउटैले अवसर र नेतृत्व कब्जा गर्दा अन्य इमान्दार र संघर्षरत कार्यकर्ताको अवसर गुम्ने अवस्था आएको र यश बारेमा आफ्नो तह बाट निरन्तर पहल गरिरहेको सभापती पुनको भनाइ छ ।
चर्चित भ्रष्टाचार कान्डहरुको बारेमा बोल्दै पुनले भ्रष्टाचार सम्बन्धी पार्टिका नेता कार्यकर्ता हरु मुछिदा पार्टी पक्ष र बिपक्षमा नबोलि सहि र निश्पक्ष न्याय निरुपणमा सहयोग गर्ने बताए । सम्बन्धित निकाय र सम्मानित अदालतले गरेको कानुनी फैसला काङ्ग्रेस पार्टिले मान्ने पनि पुनको दावी छ ।, अन्य पार्टिमा जस्तो अपराधी बचाउन काङ्ग्रेस नलाग्ने तर राजनितिक प्रतिशोध बोकेर गरिने कार्यको बिरोध गर्ने पनि उनले चेतावनी दिएका छन ।
भुटानी शरणार्थी कान्ड , सुन कान्ड लगायतका सबै अपराधका सहि र निक्ष्पक्ष छानवीन हुनुपर्ने र दोशिलाइ कानुनी कठघरामा उभ्याउन पर्ने पनि उनको भनाइ छ ।
नेपाल प्रेस युनियन अर्घाखाँची शाखाको आयोजना , प्रेस युनियन जिल्ला सभापती लक्ष्मण घिमिरेको अध्यक्षता र सचिव बिश्नु खनालको सन्चालनमा सम्पन्न भएको हो ।