– केशवराज ज्ञवाली
अर्घाखाँची – नेपाली काङ्ग्रेस अर्घाखाँचीले श्रावण २७ गते एकै दिन अर्घाखाँचीका दुई वटै प्रदेश सभा क्षेत्रहरुमा प्रदेश सभा क्षेत्रीय समेलन सम्पन्न गरेको छ । २ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा एकै दिन गरिएको प्रदेश सम्मेलनमा सबै तहका पदाधिकारी , महाधिवेशन प्रतिनिधिहरु , विभिन्न तहका कार्यसमिति , भात्री संघ सस्था , सुभेच्छुक संघ संस्थाका प्रतिनिधिहरु , कृयाशिल सदस्यहरु उपस्थित भएका थिए ।
प्रदेशसभा क्षेत्र क अन्तरगतको पाणिनी क्याम्स र प्रदेशसभा क्षेत्र ख अन्तरगतको सम्मेलन सन्धिखर्कको बि. पि. स्मृति भवनमा भएका सम्मेलनमा प्रदेश तथा केन्द्र स्तरका नेताहरुको उपस्थिति रहेको थियो । प्रदेश क को सम्मेलनमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पुश्पा भुसाल र प्रदेश ख को सम्मेलनमा काङ्ग्रेस लुम्बिनी प्रदेश सभापती अम्बर पुनको प्रमुख आथित्यता रहेको थियो ।
यसअघि असार ९ गते जिल्लाका ६१ वार्ड मा एकै दिन वार्ड सम्मेलन , साउन १९ गते जिल्लाका ६ वटा पालिकामा पालिका सम्मेलन र आज प्रदेश सम्मेलन सम्पन्न गरिसकेको काङ्ग्रेस अर्घाखाँची अब जिल्ला सम्मेलनको तयारिमा जुट्ने बताइएको छ । सम्मेलनमा पार्टिको बर्तमान अवस्था, पार्टी प्रती जनताको नैराश्यता , अब संगठनलाई चुस्त दुरुस्त र जनमुखी कसरी बनाउने भन्ने बिशयमा व्यापक छलफलहरु भएको बताइएको छ ।