काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद बैठकलाई ‘हाइज्याक’ गरिएको बताएका छन्।
सोमबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले संसद बैठकलाई सभामुख देवराज घिमिरेले आफू अनुकुल चलाएर ‘हाइज्याक’ गरिएको बताएका हुन्।
‘सम्माननीय सभामुखको क्रियाकलाप या सचिवालय यो जुन क्रियाकलाप देखियो यो सदन हाइज्याक भएकै हो। सदनलाई हाइज्याक गरियो। अनायासै सत्ता पक्षका सांसद बोल्नुभयो,’ सभापति लामिछानेले भने, ‘त्यसपछि प्रमुख प्रतिपक्षतिर आयो। प्रमुख प्रतिपक्ष दलका सांसदहरूले बोल्दाबोल्दै अर्को प्रक्रियामा प्रवेश गर्नुभयो। बोल्न सिध्याउनु नि भएको छैन उहाँले। संसद हाइज्याक गरियो। संसद हाइज्याक गर्न पाइँदैन।’