कक्षा १२ को नतिजा सार्वजनिक

1

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परिक्षा बोर्डले मंगलबार पत्रकार सम्मलेन गरी कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।

ad

देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । कक्षा १२ को नतिजामा ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार गत वर्ष भन्दा यस वर्ष ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ०.७२ प्रतिशतले बढी छन् । ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९९९ रहेको छ । परीक्षा बोर्डले माथिल्लो जीपीए ल्याउने विद्यार्थीको संख्या बढेको बताएको छ ।

यस्तै, १ लाख ८२ हजार ९२६ जना एनजी ल्याएका छन् । यो वर्ष नतिजामा सुधार भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो । गत वर्षभन्दा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको जनाइएको छ ।

गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ, त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

परीक्षा गत बैशाख २६ गतेदेखि जेठ ५ गते सम्पन्न भएको थियो ।

ad