अर्घाखाँची हिमालयन लाइफ इन्स्योरेन्स अर्घाखाँची शाखाले बिमितको परिवारलाई मृत्युुदाबी बापतको दाबी रकम चेक मार्फत हस्तान्तरण गरेको छ । हिमालयन लाइफ इन्स्योरेन्सबाट ४ वर्ष अगाडि साबधिक जीवन बिमा गरेकि बिमित द्रौपती भुसालको केही महिना अगाडि कालगतिको कारणबाट मृत्युु भएको थियो ।दस वर्षे बिमा अबधि रहनेगरी तीन लाखको बिमा गरेकी भुसाले जम्मा चारवटा बिमा शुल्क मात्र भुक्तानी गरेकी थिइन ।
आज एक शोक कार्यक्रम आयोजना गरेर शाखा कार्यलयमा मृतकको परिवारलाई संवेदना प्रकट गर्दै शाखा प्रमुख दिनेश सुनारले मृतक द्रौपतीको श्रीमान इश्वरी प्रसाद भुसाललाई मृत्युदाबी रकम रु. ३४६,८००/- ( अक्षरमा तिनलाख छयालीस हजार आठ सय) को चेक रकम हस्तान्तरण गरेका हुन । उक्त चेक हस्तान्तरण गर्दै शाखा प्रमुख सुनारले मान्छेको जीवनमा जोखिम र प्रतिकुलता कुनै संकेत बिनै आइपर्ने हुँदा मृत्युु, दुर्घटना, अशक्तता, रोग , सानातिना दुर्घटना सुनिश्चित बचत र भोलिको समृद्धि भविष्यको निम्ति जीवन बिमा सधै र सबैका लागि एक आधारभूत आवश्यकता रहेको बताएका थिए ।