– केशबराज ज्ञवाली
राष्ट्रिय जनमोर्चाले लेनिनको सहश्राब्दी कार्यक्रम , कम्युनिस्ट पार्टी स्थापना हिरक महोत्त्सव र सदस्य सहित जनभेटघाट अभियान संचालन गर्ने घोषणा गरेको छ । जनमोर्चा अर्घाखाँचीले आज सन्धिखर्कमा पत्रकार सम्मेलन गरि यस्तो घोषणा गरेको हो । पत्रकार सम्मेलन मार्फत बिग्यप्ती जारी गर्दै जनमोर्चाले देशको पछिल्लो अवस्थाबारे पनि असन्तुष्टि जनाएको छ ।
राष्ट्रियता संकटमा परेको महशुश भएको दावी गर्दै जनमोर्चाले भारतिय संसदमा राखिएको नक्सा , कालापानी र लिपुलेक माथिको हस्तक्षेपका बिरुद्दमा नेपाल सरकार खुलेर लाग्न नसक्नुमा दुख प्रकट गरेको छ । देशमा बढ्दै गएको भ्रष्टाचार र बेथितिले नेपालको छवि धमिलो भएको भन्दै जनमोर्चाले गणतन्त्र माथी निरन्तर आक्रमण भएको निस्कर्ष निकालेको छ । भारतिय हिन्दुबादिहरुको सहयोगमा नेपालका राजाबादी दलहरुले निरन्तर षडयन्त्र गरेको उसको ठहर छ ।
बिग्यप्ती मार्फत जनमोर्चाले जनताका जनजिविका पनि कष्टकर भएको भन्दै सबै बेथिती र बिसंगतिका बिरुद्द संघर्ष गर्ने बताएको छ । उसले नेपालिहरुको हितमा काम गर्न र जनताको पक्षमा आफुहरुले गर्ने संघर्षमा साथ सहयोग दिन सबैलाइ अपिल समेत गरेको छ ।
सन्धिखर्कको पत्रकार सम्मेलनमा जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले जस्कल ढोकाबाट संघियता थोपरिएको पनि आरोप लगाएका छन ।उनले कुनै पनि बिषयबस्तुमा राम्रा र नराम्रा दुबै पक्ष हुने भन्दै संबिधानले ब्यवस्था गरेका धेरै पक्ष राम्रा भएपनि संघियता यसको दुर्वल पक्ष रहेको बताए । उनले राष्ट्रिय जनमोर्चाले बिरोध गरेको संघियताको गुण र अवगुणको बारे बहस गर्नु पर्ने जरुरी रहेको बताए ।
पत्रकारहरुले संघियताको संरचना मै बसेर संघीयताकै बारेमा बिरोध गर्नु कत्तिको उचित होला भनी सोधेको प्रशको जवाफ दिदै खत्रीले सिस्टममा नबसी सिस्टम सुधार गर्न नसकिने बताए । उनले संघियताको संरचना भित्रै बसि यसलाइ खारेज गर्ने आफ्नो पार्टीको मुख्य उदेश्य रहेको बताए । संघियताप्रती बिमती हुदाहुँदै पनि यो संरचनाको चुनाबमा सहभागी भइ संघियताको बारेमा जनतालाइ सुसूचित गरिरहेको उनले जिकिर गरे ।
जनमोर्चा लुम्बिनी प्रदेश अधक्ष्य बोम बहादुर खत्री प्रमुख अथिति रहेको पत्रकार सम्मेलनमा जनमोर्चा अर्घाखाँचीका अधक्ष्य थम्मन केसिले बिग्यप्ती प्रस्तुत गरेका हुन ।
बिज्ञप्तिको पूर्ण पाठ