श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार तीन सय पुग्यो

1

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ ।

बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्‍त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको हो ।

ad

मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्‍याएको हो ।

आधारभूत पारिश्रमिक १० हजार ८२० र महंगी भत्ता ६ हजार ४८० रुपैयाँ गरी १७ हजार ३०० पुर्‍याइएको हो ।

यो भन्दा पहिले पारिश्रमिक न्यूनतम मासिक १५ हजार रुपैयाँ थियो ।

ad