काठमाडौँ । श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउन १ गतेदेखि नै लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको बिहीबार राजपत्र प्रकाशित गर्दै जानकारी गराएको छ ।
श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम श्रमिकको मासिक पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुर्याइएको हो । आंशिक समय मात्र काम गर्ने श्रमिकले प्रतिघण्टा न्यूनतम ९५ रुपैयाँ पाउने छन् । वृद्धि गरिएको पारिश्रमिकमा चिया बगान बाहेकका श्रमिकको मासिक आधारभूत १० हजार ८२०, महँगी भत्ता ६ हजार ४८० गरी १७ हजार ३०० पुर्याइएको छ ।