देशभक्ती पुर्ण भावले ओतप्रोत गित टिष्टा कांगडा गीतको भिडियो बजारमा आएको छ । अर्घाखाँचीका स्रस्टा थम्मन के. सि . को शब्द सृजनामा चर्चित आधुनिक गायक सौगात सायरले लय र संगित भरेर स्वर दिएको यो गितको लागि अर्घाखाँचीका युवा वसन्त खडकाले भिडियो निर्माण गरेर बजारमा ल्याएका हुन ।यस अघि यो गितमा थुप्रै संगित पारखिहरुले टिकटक बनाइरहेका देखिन्छन ।
ग्रेटर नेपालको अवधारणा बोकेर बनाइएको यो गितमा आम देशभक्त नेपालिहरुलाइ टिस्टा कांगडा पुग्न सक्ने हैन र भन्ने प्रश्न गर्दै देशको सिमा मिचिन नदिन हौसला प्रदान गरिएको निर्माता वसन्त खड्काले जनाए ।
बर्तमान नेपालको पुर्वमा मेचि -देखी अझै पुर्व दार्जिलिंग, सिक्किम भन्दा अझै पुर्व टिष्टा सम्म र पश्चिमा कुमाउ ,गढवाल सतलज , सम्म नेपालको भु-भाग भएको इतिहासको सम्झना गर्दै विभिन्न कालाखन्डमा भएका राष्ट्रघाती सन्धी सम्झौताका बाबजुद बचेको थोरै भुमिमा पनि छिमेकी बिस्तारबादी शक्तिले अझै अतिक्रमण नत्यागेको सन्देश यो गितले दिएको उनको भनाइ छ ।
गीतमा छिमेकी देशले मनोमानी गर्दै हाम्रो देशको भुमी बर्षौ देखि मिच्दै अतिक्रमण गर्दै आईरहेको र सिमा बिबादमा हजारौ नेपाली जनतालाई बुट प्रहार गरेको , कालापानी ,लिपुलेक ,लिम्पियाधुरा, सुस्ता, महेशपुर, माने भञ्ज्याङ् लगायतका सिमाना अतिक्रमणका बिरुद्द आवाज उठाउने प्रयास गरिएको छ ।
यो गीतको अडियो रेकर्डिङ २ वर्ष अगाडि गरिएता पनि भिडियो छायांकन २०८०-असार -२४ मा अविरल फिल्म प्रालिको प्राबिधिक सहयोगमा सम्पन्न भएको थियो। बिश्नु भट्टराईको निर्देशनमा बनाइएको यओ म्युजिक भिडियोको सुटिङ्ग सुटिङ ऐतिहासिक जितगढी किल्ला र बुटवलका विभिन्न स्थानमा गरिएको छ ।
यो गीतको भिडियो निर्माण गर्न सोम बहादुर खत्री ,चित्र बहादुर गाहा मगर ,कुशल गाहा मगर ,नरबहादुर बुढाथोकी ,
बेन बहादुर नेपाली र शिब बहादुर नेपालीको बिशेष सहयोग रहेको बसन्त खड्काले बताएका छन ।
यो गित YouTube मा सारथि channel’ बाट हेर्न सकिने छ।
भिडियो हेर्न यो लिंक्मा जानुहोस्