रोट्रयाक्ट क्लब अफ बुटवल रामापिथेकसको पद हस्तान्तरण तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न

1

बुटवल। रोट्रयाक्ट क्लब अफ बुटवल रामापिथेकसको पद हस्तान्तरण तथा धन्यवादज्ञापन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२२/२३ का अध्यक्ष विष्णु घिमिरेले वर्ष २०२३/२४ का अध्यक्ष निरज आचार्यलाई पद हस्तान्तरण गरेका हुन् ।

ad

कार्यक्रम नेकपा एमालेका सचेतक तथा प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा वर्ष २०२२/२३ का अध्यक्ष घिमिरेले वर्षभरि गरेका कामको प्रगतीबारे जानकारी गराउँदै आफ्नो कार्याकालमा क्लबलाई सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।

1

पदभार ग्रहण गर्दै वर्ष ०२३/०२४ अध्यक्ष आचार्यले आफ्नो कार्यकालमा हुने कार्य योजनाको बारेमा प्रकाश पार्दै सबैको सहयोग आवश्यक हुने बताए । विगतका कामलाई निरन्तरता दिँदै आफ्नो कार्यकाल सफल र उदाहरणीय बनाउन सक्दो प्रयास गर्ने उनले बताए । आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म मानवीय सेवाका काममा सक्दो सहयोग पु¥याउने र क्लबको छविलाई अझ उचाइमा पु¥याउन सधैं लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

No description available.

कार्यक्रममा बोल्दै एमालेका सचेतक महेशकुमार बर्तौलाले सामजिक क्षेत्रमा रोट्रयाक्ट क्लवहरुले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताए । युवाहरु सामाजिक क्षेत्रमा लागेका छन् भन्ने सन्देश रोटयाक्ट क्लवहरुले दिएको उनले बताए । उनले देशको विकास र समृद्धि युवाहरुबाट मात्रै सम्भव हुने भन्दै अब देशको नेतृत्व युवाहरुले गर्नुपर्ने बताए ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सरोज पोखरेल, रोट्रयाक्ट डिष्ट्रिक अफिसिएल रेशम खड्का, रोट्रयाक्ट डिष्ट्रिक अफिसियल रोटरीयन एजाज आलम, राजेन्द्र ढकाल, रोटरी क्लब बुटबल डाउनटाउनका अध्यक्ष कमला हमाललगायतले बोलेका थिए । साथै कार्यक्रममा उत्कृष्ट काम गर्ने सदस्य तथा बोर्ड सदस्यहरुलाई मायाको चिनोबाट सम्मान गरिएको थियो ।

कार्यक्रम वर्ष ०२२/०२३ का अध्यक्ष घिमिरे र वर्ष ०२३/०२४ का अध्यक्ष निरज आचार्यको संयुक्त अध्यक्षता, समिर आचार्यको स्वागत तथा पहिलो सेसन वर्ष ०२२/२३ का सचिव सिद्धार्थ आचार्य र दोस्रो सेसन वर्ष ०२३/२४ का सचिव गौरव खनालको सञ्चालनमा भएको थियो ।

ad