अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण, धरौटी तिरेर २० मिनेटमै रिहा

1

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले जजिर्या राज्यको एटलान्टास्थित एउटा जेल समक्ष आत्मसमर्पण गरेका छन् ।

सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जर्जियामा धाँधली गराएको आरोपमा एटलान्टाको फुल्टोन काउन्टी अदालतले उनलाई दोषी ठहर गरेपछि ट्रम्पले जेल समक्ष आत्मसमर्पण गरेका हुन् ।

Letters to the Editor: President Trump is the ultimate victim

ट्रम्पसँगै उनका १९ जना सहयोगीहरुले पनि फुल्टोन काउन्टी जेलमा आत्म समर्पण गरेका छन् । अदालतले ट्रम्पलाई दुई लाख डलरको जरिवाना गर्ने फैसला पनि गरेको छ । पूर्व राष्ट्रपति ट्रम्प जेलमा पुगेपछि जेलका अधिकारीहरुले उनलाई नियन्त्रणमा लिएका थिए ।

1

त्यसपछि ट्रम्पलाई कैदी नम्बर दिएर फोटो लिनुका साथै शारिरीक हुलियाको पनि रेकर्ड राखिएको थियो । जेलमा २० मिनेट विताएर धराैटीमा छुटेका ट्रम्प विमानस्थलतर्फ लागेका हुन् । ट्रम्प जेलमा पुग्दा उनका समर्थकहरु पनि भेला भएका थिए । -एजेन्सी

ad