काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपालले जारी गरेको चुच्चे नक्सलाई बुच्चे देखाइदिएको भन्दै उत्तरी छिमेकी चीनसँग आक्रोश पोखेका छन्।
अगस्ट २१ मा चीनको प्राकृतिक स्रोत मन्त्रालयले ‘चीनको आधिकारिक नक्साको २०२३ संस्करण’ प्रकाशित गर्दा छिमेकी नेपाललाई बुच्चे देखाइएको छ।
नेपालले २०७७ जेठ ७ भारतको अतिक्रमणमा परेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियो।