बढ्याे पेट्रोलियम पदार्थको मूल्य पेट्रोलमा ४ रुपैयाँ, खाना पकाउने ग्यासमा २३५ र डिजल/मट्टितेलमा ३ रुपैयाँले वृद्धि

1

काठमाडौँ-  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट बिहीबार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको हो । निगममले आजै रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ, डिजेल/मट्टितेलको प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।

ad

यस्तै, खानामा पकाउने एलपि ग्यासमा साविकको खुद्रा बिक्री मूल्य प्रतिसिलिण्डर २३५ रुपैयाँले वृद्धि गरेको जनाएको छ ।इण्डियन आयल कर्पोरेशनले पेट्रोल र डिजेलमा क्रमश: ३ रुपैयाँ १७ पैसा र २ रुपैयाँ ४८ पैसाले बढेर आएको थियो । यस्तै, खाना पकाउने ग्यासको मूल्यमा पनि प्रतिसिलिण्डर १८६ रुपैयाँ ४५ पैसाले वृद्धि भई आएको थियो ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि दरसहित समायोजन गरी कायम गरिएको जनाएको छ ।

ad