-सुभाष ज्ञवाली ।
केही समय पहिले एकजना महिला साथी सङ्ग भएको अनौपचारिक कुराकानीले कताकता मेरो मनमा कौतुहल्ता लागिरहयो। मैले त्यत्तिकै गफैगफमा तिमी र तिम्रो परिबार आर्थिक हिसाबले अगाडी छौ।
त्यसैले तिम्रो र मेरो स्तर मिल्दैन ,भनेको कुरामा उनको जबाफ थियो। हुनत पारिबारिक रुपमा तपाईंको भन्दा आर्थिक रुपमा हाम्रो परिबार केही माथी होला। तर म आफू सन्तुष्ट छैन ,श्रीमान् कमाएर ल्याउनु हुन्छ ।मलाइ घरबाट टाढा जान र आफै केही गर्न दिनुहुन्न ।यसबाट के बुझिन्छ भने केही महिला आफै केही गर्न खोजिरहनु भएको छ।
तर पारिबारिक कारणले खुम्चिनु परेको छ। तर केही महिला परिबार बाट केही गर्नुपर्छ भन्ने बाताबरण हुँदा हुँदै पनि कोहि कसैको आडमा आफ्नो दम्भ देखाइरहेका छन ।जस्तै आफ्नो माइतीघरको स्थिती कस्तो छ ? श्रीमान् को आम्दानी कति छ ? कति लगानीमा मोबाइल किनेर चलाको छ ? आफ्नो श्रीमान लाई आफ्नोअधिनमा राखी परिबारमा आफ्नो हैकमवादी चलाउन खोजेको छ ? यी यस्ता प्रश्न र यसको जबाफ समाजको लागि अनुत्तरित बन्दै गएका छन । अरुको लगानीमा आफ्नो रबाफ देखाउनु क्षणिक आनन्द आउला तर त्यसले आत्मसन्तुष्टि पक्कै आउदैन होला जस्तो लाग्छ । त्यसैले अरुको पछि लागेर हैन आफ्नो खुट्टामा उभ्भिने प्रयास गर्नुस ।
माइतीघरका दाइले बिदेशबाट ल्याइदिएको ७५०००/- को र आफ्नो श्रीमान् ले किनिदिएको ३५०००/- को मोबाइल भन्दा आफ्नो कमाइले ५०००/- को मोबाइल किनेर चलाएर हेर्नुस त ,कुन अबस्थामा बढी सन्तुष्ट आउँछ ? यो कोहि ब्यक्ति बिशेषलाई लक्षित गरिएको हैन ।यसलाई नकारात्मक रुपमा भन्दा उत्प्रेरणाको रुपमा लिइ दिनु भए अझै बढी आभारि हुने थिए ।
अहिले हिजोको आमाहरुको जस्तो बेला छैन ।महिलाहरु पुरुष भन्दा कुनै पनि कुरामा पछाडि छैनन र यसो गर्दा समाजमा महिलालाई दोश्रो दर्जाको रुपमा हेर्न पनि छोडन समाज बाध्य हुन्छ । आउदै गरेको हरितालिका तीजले महिलालाई समाजमा अझै अगाडि बढने प्रेरणा प्रदान गरोस असिम सुभकामना !!
– लेखक सुभाष ज्ञवाली अर्घाखाची डट्कम का नियमित स्तम्भकार हुनु हुन्छ र समाजका बिभित बिषय बस्तुहरुमा कलमा चलाऊनु हुन्छ।