अर्घाखाँची ; राष्ट्रिय जनमोर्चा निकट अनेम संघ अर्घाखाँचीको आयोजनामा तिज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम आज सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि अनेमसंघ केन्द्रिय महासचिव सकुन्तला रानाले सम्बोधन गर्दै सबै चार्डपर्वलाई सांस्कृति अनुशासन र आपसी सद्भाव कायम राख्नेगरि मनाउनुपर्नेमा जोड दिनुभएको छ । पर्वहरुमा हुनेले भड्किलो कार्यले गर्दा नहुनेको दुःख थपिने भन्दै महासचिव रानाले हुनेले नहुनेलाई दिएर पर्व मनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर वि.सी.ले मन्तव्य राख्दै तिज पर्व महिलाहरुको स्वतन्त्रताको चाड भएको भन्दै भड्किलो,विकृती र विसंगतिबाट जोगाउन सुझाव दिनुभएको छ । चाडपर्बको नाममा भैरहेको विकृतिलाई चिर्दै नेपाली कला र संस्कृतिलाई पर्यटनसंग जोडेर व्यवसायकि बनाउनुपर्नेमा बि सि को जोड छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी.,थम्मन केसि , कोषाध्यक्ष गोविन्द वि.सी. लगायतको बिशेष उपस्थिति रहेको कार्यक्रममा अनेमसंघ अर्घाखाँचीमा आबद्ध महिला नेतृ तथा कार्यकर्ताहरुले प्रगतिशिल तथा भावनात्मक गित गाएर रमाइलो गरेका थिए । कार्यक्रम महिला नेतृ मिना भट्टराईको अध्यक्षता, लिला भुसालको स्वागत मन्तव्य र कल्पना पोख्रेलको संचालनमा सम्पन्न हो ।