-केशब पन्थी , अर्घाखाची डट्कम।
भदौ २०,सन्धिखर्क – सन्धिखर्क नगरपालिकाको आयोजनामा सामाजिक न्याय र आर्थिक सशक्तीकरण मानव बेचविखन निर्मुलन भन्ने नारा सहित १७ औं राण्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खुमलाला भुसाल,वार्ड अध्यक्षको तर्फबाट वार्ड नम्बर १२ का वार्ड अध्यक्ष नारायण खड्का,महिलाको तर्फबाट रिता बिक खगिश्वारा बस्यालले मानव बेचबिखन विरुद्धमा सबै एक जुट भएर लाग्नु पर्नेमा जोड दिनुभएको थियो।
अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नको जवाफ जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक बिक्रम रिजाल साथै जिल्ला सरकारी वकिल न्यायाधिबक्ता बिस्नु प्रसाद आचार्यले दिनुभएको थियो।
कार्यक्रम सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता र पुस्पा भुसालको संन्चालनमा सम्पन्न भएको थियो।
थप तस्बिर :