काठमाडौँ। भारतमा जारी जी २० शिखर सम्मेलनबाट ९ बुँदे नयाँ दिल्ली घोषणापत्र पारित भएको छ । यो घोषणापत्र आम सहमतिबाट पारित भएको भारतीय सञ्चारमाध्यम अमर उजालाले जनाएको छ । यसलाई भारतको ठूलो उपलब्धिका रुपमा अथ्र्याइएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार पहिलो दिन ९ बुँदे सहमतिको प्रस्ताव अघि सारेका थिए । स्वीकृत भएको संयुक्त घोषणापत्रका बुँदा यस्ता छन्ः
१. हामी भारतको जी २० अध्यक्ष्यताका दौरान स्टार्ट–अप २० इंगेजमेन्ट ग्रुपको स्थापना गरेकोमा त्यसको स्वागत गछौँ । र, यो जारी रहोस् भन्ने शुभकामना दिन्छौँ ।
२. हामी सन् २०३० एजेन्डा कार्यान्वयनमा द्रुत गतिमा अगाडि लागि भारतका छिमेकीहरूको प्रशंसा गर्न चाहन्छौँ ।
३. संशाधन दक्षता र परिपत्र अर्थव्यवस्था उद्योग गंगठन ९आरईसीईआईसी० शुरू गर्न भारतले अध्यक्षता पाएकोमा सबैलाई धन्यवाद दिन्छौँ । पर्यावरणका दृष्टिबाट अनुपयोगी बस्तु तथा पदार्थलाई २०३० सम्ममा कम गर्ने वा शून्यमा छार्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
४. भारतका छिमेकी देशहरूले तयार गरेको उर्जा संक्रमणका लागि कम लागतको वित्त पोषण प्रतिवेदन हामीले ध्यान दिएका छौँ । जसअनुसार, विश्वको प्राथमिक उर्जा मिश्रणमा नवीकरणीय उर्जाको सबैभन्दा ठूलो हिस्साका लागि ४ ट्रिलियन अमेरिकी डलरभन्दा बढी वार्षिक लगानीको आवश्यकता भएको पाइएको छ ।
५. ग्लोबल डिजिटल पब्लिक रिपजिटरी ९जीडीपीआईआर०को निर्माण र मर्मतका लागि भारतीय योजनाका तर्फबाट स्वागत गर्दछौँ । जो डीपीआईको साझा भण्डार पनि हो । जो जी २० सदस्यहरूसँगै र अन्यका लागि पनि साझा गरिएको छ ।
६. भारतीय छिमेकीको वान फ्युचर अलाइन्स ९ओएफए०को प्रस्तावमाथि ध्यान दिइएको छ । जुन क्षमता निर्माणको उद्देश्यबाट स्वेच्छिक पहल गरिएको छ । वा, जसले एलएमआईसीमा डीपीआई लागु गर्नका लागि प्रविधिको सहायता र पर्याप्त धन सहायता प्रदान गर्दछ ।
७. हामी जी २० का सबै सदस्यको प्रयासको सराहना गछौं । जसले जी २० को अध्यक्षता भारतले गरिरहेको बेला अफ्रिकी संघलाई स्थायी सदस्य दिलाउनमा मार्ग प्रशस्त गर्नुभयो । अफ्रिकाले विश्वको अर्थव्यवस्थामा एक महत्वपूर्ण भूमिका निभाउँछ ।
८. हामी नयाँ दिल्लीमा जारी १८ औँ जी २० शिखर सम्मेलनमा उपस्थित प्रतिनिधिहरूको हृदयदेखि नै स्वागत गर्न चाहन्छौँ । जी २० लाई बलियो बनाउन योगदान दिने सबै भारतीयलाई धन्यवाद दिन्छौँ । हामी विभिन्न जी २० कार्य समूह र मन्त्रीस्तरीय बैठकको सफल समापनको सराहना गछौँ । उनीहरूको कार्यसम्पादनको प्रशंसा गछौँ ।
९. हामी २३ अगस्ट २०२३ मा चन्द्रममा सफल अवतरण गरेकोमा भारतलाई बधाई दिन्छौँ ।