अर्घाखाँचीमा संघीय तथा प्रदेश सरकारबाट विनियोजित करिव ६६ करोड बजेट फ्रिज

-भिम विश्वकर्मा ।

अर्घाखाँची । अर्घाखाँची जिल्लामा संघीय तथा प्रदेश सरकारको पुँजीगत र चालुतर्फको बजेट मध्ये करिव ६६ करोड बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय अर्घाखाँचीका अनुसार आर्थिक वर्ष २०७९/०८० मा अर्घाखाँची जिल्लामा संघीय तथा प्रदेश सरकारको पुँजीगत र चालुतर्फको विनियोजित बजेटमध्ये ६५ करोड ९९ लाख ९३ हजार ८ सय ६१ रुपैयाँ फ्रिज भएको हो ।

Map of Arghakhanchi District of Nepal – Nepal Archivesad

कोष तथा लेखा नियन्त्रण कार्यालय अर्घाखाँचीका अनुसार आर्थिक वर्ष २०७९/०८० मा प्रदेश सरकारको पुँजीगत तर्फको १ अर्ब ३३ करोड ६५ लाख ८९ हजार विनियोजित बजेट मध्ये २० करोड ५६ लाख ६२ हजार ९४ रुपैयाँ बजेट फ्रिज भएको हो । चालु तर्फ ६५ करोड ५३ लाख २१ हजार १ सय ९३ विनियोजित बजेट मध्ये १३ करोड २ लाख ७६ हजार २ सय २२ रुपैयाँ बजेट फ्रिज भएको छ ।

1

यस्तै संघीय सरकारको चालु तर्फको ५ अर्ब ३९ करोड २१ लाख ६५ हजार ७ सय ४२ विनियोजित बजेट मध्ये १८ करोड ५३ लाख ७५ हजार ९ सय ३२ रुपैयाँ बजेट फ्रिज भएको छ भने संघीय सरकारको पुँजीगत तर्फ १ अर्ब ५१ करोड ९५ लाख ७२ हजार ६ सय विनियोजित बजेटमा १३ करोड ८६ लाख ७९ हजार ६ सय १६ रुपैयाँ बजेट फ्रिज भएको छ ।

अर्घाखाँचीमा आर्थिक वर्ष २०७९/०८० मा लुम्बिनी प्रदेश सरकारकाे चालु तथा पुँजीगत १ अर्ब ९९ सय कराेड १९ लाख १० हजार १ सय ९३ र संघीय सरकारको पुँजीगत र चालुतर्फ ६ अर्ब ९१ कराेड १७ लाख ३८ हजार ३ सय ४२ गरी ८ अर्ब ९० कराेड ३६ लाख ४८ हजार ५ सय ३५ रूपैयाँ बजेट विनियाेजन भएकाे थियाे ।

ad

अन्य समाचारहरु