राजतन्त्रका दलालको सात्तो जाने गरी प्रदर्शन गरिने प्रचण्डको चेतावनी

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रका दलालको सात्तो जाने गरी प्रदर्शन गरिने चेतावनी दिएका छन्।

ad

आइतबार मकवानपुरको हेटौँडामा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा उनले यस्तो बताएका हुन्। राष्ट्रियता, जनजीविकाका विषयमा जनतालाई सडकमा उतारेर ‘राजतन्त्रका दलालको सात्तो जाने गरी प्रदर्शन गरिने’ उनको भनाइ छ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि ‘निरंकुश राजनीतिक दलालले खुकुरी हानेको’ आरोप लगाए। उनले यो घटनाबाट सबै सचेत हुनुपर्नेमा जोड दिए।

1

‘निरंकुश राजतन्त्रका दलालहरूले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुकुरी हानेको घटना सामान्य होइन। यसबाट तपाईं–हामी सचेत हुनैपर्छ,’ उनले भने।

ad