काठमाडौँ । नेपालगञ्ज स्थित राँझा विमास्थलबाट प्रहरीले २६ लाख नगदसहित सरकारी अधिकृतलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुल्सीपुर, दाङमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा छन् ।
विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए। नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई आज बिहान नियन्त्रणमा लिएको हो।
श्री एयरमार्फत काठमाडौँ जान लागेको अवस्थामा सापकोटालाई पक्राउ गरिएको बाँकेका एसपी सन्तोषसिंह राठौरले बताए। सापकोटालाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीले अख्तियारको जिम्मा लगाउने भएको छ ।