-डिआरजी सुमन
नई दिल्ली ,नेपालमा मात्र होईन विश्वका धेरै देशमा रहने हिन्दू नारीहरुको मौलिक संस्कृतिमा आधारित हरितालिका तीज महिला मात्र होईन पुरुष हरुको लागी पनि ख़ास महत्व हुने गरेको छ ।
यसै क्रममा मौलिक पोशाक र वाध्यवादनको साथ नारीको वेदना सिमटिएर गीत गाँउने परम्परा लाई जोगाउने उद्देश्य सहित संयुक्त सहकारी समाजले आयोजना गरेको हरितालिका तीज महोत्सव २०२३ मा भारत र नेपालका कलाकारहरुले रंगारंग साँस्कृतिक कार्यक्रम प्रस्तुत गरी दर्शकहरुलाई नाच्न बाध्य बनाएका थिए ।
भारतको दिल्ली एनसीआर ग्रेटर नोएडा स्थित होटल अन्सलमा आयोजित हरितालिका तीज महोत्सवमा सर्वप्रथम दीप प्रज्वलन र विधिवत पूजा गरी कार्यक्रमको सुरुवात गरिएको थियो । तीज विशेष कार्यक्रममा प्रमुख अतिथि नेपालका उद्योगपति प्रमोद खरेल थिए ।
तीज विशेष कार्यक्रममा नेपालका चर्चित गायिका वर्षा थापा र कोपिला न्यौपानेले नेपाली गीत सिक्री घटिमा, ध्रुवतारा, मकैको पातले लगायतका गीत गाएर मनोरञ्जन दिएका थिए
भने कलाकारका संगीत र नेपाली गीतले दर्शकलाई निकै रमाईलो बनाएका मात्र होईन कि मञ्चमा निकै रमाईलो बनाइदियो ।
एक दिवसीय कार्यक्रममा वोल्दै प्रमुख अतिथि प्रमोद खरेलले हरियाली तीजलाई सौभाग्यको प्रतीकका रुपमा व्याख्या गर्दै सबैमा शुभकामना व्यक्त गर्दै विश्वको नक्सामा भौगोलिक दृष्टिले नेपाल स्वतन्त्र राष्ट्र जस्तो देखिए पनि धागो आस्था र विश्वासले दुवै देशलाई बाँधेको वताउनु भएको छ ।
भारतको दिल्ली एनसीआर नोयडामा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ भारतका अध्यक्ष देवेन्द्र कुँवर, देवभूमि श्रमजीवी पत्रकार युनियनका प्रदेश महासचिव तथा कुमाऊँ केसरीका सम्पादक प्रदीप फुटेला,स्वतन्त्र पत्रकार एवं अर्घाखाँची डटकम् व्युरो चिप डिआरजी सुमन,सहितको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ ।
विवाहित महिलाले यो पर्व मनाउने र आफ्नो पतिको रक्षा गर्न र अविवाहित युवतीलाई मन परेको वर प्राप्त गर्न यस दिन व्रत बस्ने गर्दछन् । उनले नेपाल–भारत सम्बन्ध विश्वमै चर्चित रहेको बताए ।
यो आजको कुरा होइन, वेद-पुराणका पाना पल्टाएर हेर, त्यसमा पनि उल्लेख पाउन सकिन्छ। धर्म, संस्कृति, चाडपर्व र रीतिरिवाजमा भएको समानताले पनि यसको अनुभूति गराउँछ ।
अन्तर्राष्ट्रीय स्तरमा प्रतिष्ठित वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संचालनमा भएको कार्यक्रममा लोक दोहोरी गायिका कोपिला न्यौपाने, वर्षा थापाको उत्कृष्ट प्रस्तुति रहेको थियो ।
यसैगरी जमुना, जुना राणा, भावना खत्री, रीना क्षेत्री , सृष्टि अधिकारी, राजु परियारको पनि प्रस्तुति रहेको थियो ।
हरितालिका लक्षित तीज विशेष कार्यक्रममा संस्था अध्यक्ष विके कृष्ण, कार्यक्रम अध्यक्ष सुरेन्द्र पाण्डे, सचिव विष्णु केसी, सुनिल रसाली, देवेन्द्र मालिया लगायतको सहभागिता थियो ।
– तस्वीर: डिआरजी सुमन,नोएडा,दिल्ली