– सागर मरासिनी,अर्घाखाची ।
अर्घाखाची – तपाइँहरु कत्तिको मोबाइल चलाउनुहुन्छ अनि नानिबाबुलाइ कत्तिको मोबाइल देखाउनुहुन्छ । अब मोबाइल धेरै हेर्न र नानिबाबुलाइ देखाउन कम गर्नुहोला किनकी म त शिकार भैसके अब तपाइहरु नबन्नुहोला ।
बिगत ४ बर्ष देखि म सागर मरासिनी मोबाइल र ल्यापटप मा अत्याधिक समय बिताउने गरेको छु ।
कुनैबेला मिडियाको काम ले भने कुनै बेला आफ्नै व्यक्तिगत कामले अनि अहिले म आँखा रोगको शिकार बनेको छु ।
म अहिले आफुभन्दा २ मिटर टाढाका अक्षर पनि पढ्न सक्दैन कारण यहि मोबाइल अत्याधिक हेर्नाले मेरो आँखा को ज्योती कम हुन पुगेको हो तसर्थ तपाइँहरुपनी आजै देखि मोबाइल ,टिभी कम हेर्ने र बालबालिका लाई कम देखाउने गर्नुहोला हैन भने म जस्तै आँखा रोगी बन्नु पर्ने छ ।
धन्यवाद ।
-सागर मरासिनी , सन्धिखर्क नगरपालिका -८ अर्घाखाँची ।