राष्ट्रपति पौडेलद्वारा संविधान दिवसको अवसरमा ६७० जना कैदीहरुको सजाय मिनाहा

काठमाडौं ।संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीहरुको कैद कट्टा गरी सजाय माफी मिनाहा गर्नुभएको छ ।

ad

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसका आधारमा विभिन्न ऐन, नियमअनुसार बुधबारदेखि लागू हुने गरी ६७० जनाको माफी मिनाहा गरेको उल्लेख गर्नुभएको छ ।

ad