काठमाडौँ — आन्दोलनमा उत्रेका शिक्षकहरु सरकारसँग वार्तामा बसेका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकक्षमा शिक्षामन्त्री अशोककुमार राई शिक्षक महासंघका पदाधिकारीहरुसहित बिहीबार बिहान वार्तामा बसेका हुन् ।वार्तामा दुवै पक्षका मागहरुको सन्दर्भमा सकारात्मक छलफल भएको र समस्या समाधान गर्न दुवै पक्ष तयार भएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए
संसद्मा दर्ता विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलन सुरु गरेका छन् ।आज पनि आन्दोलन जारी राख्ने बताएका शिक्षकहरु आन्दोलनकै बीचमा वार्ताका माध्यमबाट आफूहरुको समस्या समाधानमा जुटेका हुन् । यसअगाडि आन्दोलनरत शिक्षकहरु सरकारसँग वार्ताका तयार भएका थिएनन्