प्युठान: समता समाजको तीन दिने प्रशिक्षण सुरु

Open photo

-जुमानसिंह केसी ।

खलङ्गा । जातीय समता समाज प्युठानले तीन दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सदरमुकाम खलङ्गामा सञ्चालन गरेको छ ।

शुक्रबार देखि सञ्चालन भएको प्रशिक्षण आइतबार जिल्ला भेलामा परिणत गर्ने कार्यक्रम तय भएको समता समाज प्युठानका अध्यक्ष शम्सेर परियारले जानकारी दिनुभयो ।

1

प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि जातीय समता समाजका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य तुलप्रसाद विश्वकर्मा (राजेश) ले उद्घाटन गर्नु भएको थियोे । उद्घाटन समारोहमा बोल्दै विश्वकर्माले अझै पनि देशमा जातीय विभेद र अन्याय कायम रहेको भन्दै समाजमा सचेतना र पैरवीको आवश्यक रहेको बताउनु भयो उहाँले भन्नू भयो दलितमाथि भैरहेको शोषण सभ्य र सचेत समाजको निम्ति स्वीकार नहुने बताउनु भयो ।

साथै उहाँले मानवले नै विभिन्न जातको निर्माण गरेकोले सामन्ती प्रकारको सोचाइ र व्यवहारलाई जरैदेखि उखल्न पर्ने उल्लेख गर्नु भयो ।

जातिय व्यवस्था, जातिय अधारमा गरिने विभेद अन्याय पूर्ण छ यसलाई फल्नको लागि दलितहरूले मात्र सम्भव नरहेकोले वर्गीय आन्दोलनले मात्र फाल्न सकिने बताउनु भयो ।

उहाँले र्राष्ट्रिय जनमोर्चाले कुनै जातिविशेष भन्दा पनि समाजमा अन्यायमा परेका सबै जाति वर्गहरूको हित र उत्थानका लागि वर्गीय आन्दोलन मुक्तिको लडाइमा लागेकोले सबैलाई एक भएर लाग्न आग्रह गर्नु भयो, र आफुले सदनमा पनि आवाज बुलन्द गर्ने बताउनु भयो ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कृष्ण खड्काले जातिय छुवाछुत अन्त्यका लागि विभिन्न ऐन कानून निर्माण भए त्यसको सही कार्यन्यन नहुँदा समस्या पैदा भएको बताउनु भयो । समाजमा दुई खालका वर्ग भएकोले विभेद हुने गरेको उल्लेख गर्नु भयो ।

उहाँले आफ्नो हक अधिकारलाई स्थापित गराउन र सबै बराबर अवस्थामा आउनको लागि सबै एक ढिक्का भएर अगाडि बाढ्नुको विकल्प नभएको बताउनु भयो ।

नेकपा (मसाल) प्युठानका प्रवक्ता राम पहाडीले सही विचार र दृस्टिकोणले मात्रै समाजको समग्र विकास हुने बताउनु भयो । उहाँले नेकपा मसाल आम शोषित उत्पीडित जनताको पार्टी भएकोले निरन्तर लागि परेको बताउनु भयो । अहिलेको व्यवस्थाबाट पनि सबै अधिकार प्राप्त नहुने भन्दै समाजवाद हुँदै साम्यवादमा पुग्ने लक्ष्य रहेको बताउनु भयो।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य बासुदेव पोख्रेल लगाएत पार्टीका विभिन्न जनवर्गीय सङ्घ सङ्गठनका प्रतिनिधिको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता जातीय समता समाजका जिल्ला अध्यक्ष शम्सेर नेपालीले गर्नु भएको थियो भने सञ्चालन सचिव खिमबहादुर विकके गर्नु भएको थियो ।

शुक्रबार देखि सुरु भएको प्रशिक्षण आइतबार सम्म चल्ने आयोजकले जनाएको छ ।

ad