चीनको हाङजाओ पुगे प्रधानमन्त्री प्रचण्ड, चीनियाँ राष्ट्रपति सी जिनपिङसँग आजै भेटवार्ता

Open photo

काठमाडौँ– चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको हाङ्जाउ पुगेका छन् ।

चीन पुगे प्रधानमन्त्री दाहाल

एक साता लामो भ्रमणका लागि चीन गएका उनलाई हाङ्जाउ विमानस्थलमा चिनियाँ उपप्रधानमन्त्री हि ली फाङले भव्य स्वागत गरेका थिए ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सोझै हाङ्जाउ सहरमा अवतरण गरेका हुन्।

प्रधानमन्त्री प्रचण्ड भ्रमणको पहिलो दिन आज हाङ्जाउमा हुने १९औँ एसियन गेमको उद्घाटन समारोहमा सहभागी हुनेछन् । आजै उनले हाङ्जाउमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेट गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री प्रचण्ड चीनमा : यस्तो छ एक हप्ताको कार्यक्रम

एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी पनि हाङ्जाओमा रहने भएकोले त्यहीँ भेटवार्ताको तय भएको हो ।

प्रधानमन्त्री दाहालले चिनियाँ समकक्षी लि छियाङ्सँग भेट गर्ने कार्यक्रम रहेको छ ।  

ad