विकासका एजेण्डा बनाउँदा प्राथामिकताका विषयमा अध्ययन गर्नुपर्ने मन्त्री सिर्पालीको भनाई

Open photo

-सागर महत ।

अर्घाखाँची संंस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री शुशीला सिर्पालीले विकासका एजेण्डा बनाउँदा सबैभन्दा पहिलो प्राथामिकताका विषयमा अध्ययन गर्नुपर्ने बताउनु भएको छ ।

 

1

अर्घाखाँचीको पाणिनी बहुमुखी क्याम्पसको ३५ औं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अध्ययन नगरी काम गर्दा राज्यको लगानी खेर जाने भएकाले समस्या पहिचान गरेर मात्र लगानी गर्न उपयुक्त हुने बताउनुभयो ।

ad

साथै मन्त्री सिर्पालीले जिल्लाको एक मात्र प्रमुख पाणिनी बहुमुखी क्याम्पसको सुधारका लागि आवश्यक बजेट विनियोजन गर्ने बताउनुभयो ।

ad