काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ७०० ग्राम सुनसहित एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा फिलिपिनी नागरिक रहेको प्रहरीले जनाएको छ। शुक्रबार साँझ ७:२० बजे दुबई हुँदै काठमाडौँ आएकी फिलिपिनी एक महिलालाई सुनसहित प्रहरीले पक्राउ गरेको हो। उनले सुन धुलो बनाएर प्याड र ब्रा भित्र राखेर ल्याइरहेको अवस्थामा बरामद गरिएको छ।