अर्घाखाँची: पर्यटकीय गन्तव्य बन्दै लदाम बगैंचा

Open photo

-दामोदर खत्री ,अर्घाखाची डट्कम ।

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा रहेको लदाम बगैंचालाई पर्यटकीय गन्तव्य बनाइने भएको छ ।

सन्धिखर्क– १ स्थित बगैंचालाई आधुनिक र व्यवस्थित बनाएर पर्यटकीय स्थलको रुपमा विकास गर्न सुरू गरिएको सन्धिखर्क नगरपालिकाले जनाएको छ ।

बगैंचालाई आकर्षक र मनोरम बनाउनका लागि हात्ती, बाघ, हरिण, गैडा, गोही, गाई, डाइनोसर लगायतका मुर्ति राखिएको सन्धिखर्क नगरपालिकाका योजना शाखा प्रमुख दिलिप केसीले बताउनुभयो ।

1

यस्तै, बाल उद्यान पनि निर्माण गरिएको छ । आर्थिक वर्ष २०७९/८० को पर्यटन प्रवर्द्धन अन्तर्गतको कार्यक्रबाट करिब १५ लाख बजेटबाट उक्त संरचना निर्माण गरिएको बताइएको छ ।

ad

 

अन्य समाचारहरु