राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्वारा सन्धिखर्कका १२ वडाहरूमा सदस्यता वितरण अभियान शुरु (तस्बिर सहित)

Open photo

अर्घाखाची डट्कम सम्बाददाता ।

 सन्धिखर्क- राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सन्धिखर्क नगरपालिकाका १२ वटा वडाहरूमा सदस्यता वितरण अभियान सुरु गरेको छ ।

२०८० असोज १४ गते आइतबार नगरपालिकाको ७ नम्बर वडा खाँचिकोटका ८९ वर्षीय कुलबहादुर नेपालीलाई सदस्यता प्रदान गर्दै सो अभियान सुरु भएको हो ।

No description available.

अभियानमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगपालिकाबाट वडा नं. ७ बाट सुरु भएको सो अभियानमा राजमो जिल्ला अध्यक्ष थम्मन केसी, राजमो जिल्ला कोषाध्यक्ष तथा सन्धिखर्क नगर समितिका अध्यक्ष गोविन्द बिसी, वामपन्थी नेता देवी पौडेल, नगर समितिका सहसचिव वसन्त खड्का, ७ नं. खाँचिकोट वाड समितिका उपाध्यक्ष हस्तबहादुर पाण्डे, अखिल नेपाल युवक सङ्घका जिल्ला सदस्य सन्तोष सुनार, वसन्त नेपाली लगायको सहभागिता रहेको छ ।

No description available.

यसैगरी  २ नं. वडामा पनि राजमो प्रदेश सल्लाहकार शेरबहादुर बिसीले ७२ वर्षीय ज्येष्ठ नागरिक कृष्णप्रसाद खनाललाई सदस्यता वितरण गर्नु भएको छ ।

No description available.

यसैगरी १० नम्बर वडामा ७३ वर्षीया ज्येष्ठ नागरिक जानका आचार्यलाई राजमो सन्धिखर्क नगर समितिका उपाध्यक्ष रुद्र पराजुलीले राजमो सदस्य दिएर सदस्यता वितरण अभियान सुरु भएको बताइएको छ ।

No description available.

तीन अभियानअन्तर्गत सदस्यता वितरण अभियानको क्रममा साङ्गठनिक भेला, प्रशिक्षणलगायतका कार्यक्रम असोज १४ गतेदेखि जिल्ला भरी सुरु भएको जिल्ला अध्यक्ष केसीले जानकारी दिनभयो ।

थप तस्बिर – बसन्त खड्का ,अर्घाखाची ।

No description available.

No description available.

No description available.

No description available.

ad

अन्य समाचारहरु