बजारमा खाद्य वस्तुको अत्यधिक मूल्यवृद्धि : मूल्य वृद्धिलाई नजर अन्दाज गर्दै राष्ट्र बैंकको तथ्यांकको भरमा सरकार

Open photo

काठमाडौं । पछिल्लो समय बजारमा खाद्यान्नलगायत उपभोग्य सामाग्रीको भाउ छोइ नसक्नु छ । पछिल्लो तीन महिनामै उपभोग्य सामाग्रीको मूल्य कम्तिमा २० देखि शत प्रतिशतसम्म बढेको छ । तर सरकार भने राष्ट्र बैंकको तथ्यांक अघि सारेर मूल्य वृद्धि ८ प्रतिशत तलै रहेको भन्दै नजर अन्दाज गरिरहेको छ ।

खाद्य वस्तुको मूल्यवृद्धि - NayaSadak | सम्पूर्ण आर्थिक डिजिटल पत्रिका

केही महिना अघिसम्म ४ सय रुपैयाँ किलोको जिराको बजार भाउ अहिले १३ सय रुपैयाँ पुगेको छ । जिरा मात्रै होइन, चामलको भाउ समेत उसैगरी बढेको छ । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएसँग चामलको भाउ पनि २० देखि ४० प्रतिशतसम्मले बढिसकेको छ । मूल्य वृद्धिको लयलाई अझै तीब्र गतिमा उछिनेको छ, चिनीको मूल्यले ।

बैतडीमा बजार अनुगमन, म्याद नाघेका खाद्य सामग्री नष्ट | SouryaOnline

चालु आर्थिक वर्षको पहिलो महिना साउनसम्म प्रति किलो ८०/८५ रुपैयाँमा पाइने चिनी अहिले १५० रुपैयाँ पुगेको छ । मैदा, आटामा पनि किलोमै ५० रुपैयाँसम्मको भाउ बढेको छ । गेडागुडी तथा दालमा पनि ३० देखि ८० रुपैयाँसम्म भाउ बढेको छ । त्यस्तै, गत वर्षको यहि समयमा ७० रुपैयाँ कीलोमा बिक्री भैरहेको अदुवा अहिले १ सय ८० रुपैयाँ किलोसम्म पुगेको छ । सिमी, बोडी लगाएका केही तरकारीहरुको भाउ गत बर्षको तुलनामा केही सस्तो भएपनि गोलभेडा, आलु, प्याज लगायतको भाउ अचाक्ली बढेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउनुहुन्छ ।

हरेक वर्ष चाडबाड सुरु हुन थालेपछि व्यापारीहरुले उपभोग्य वस्तुहरुमा मूल्य बढाउने चलन पुरानै हो । तर, यस पटक कालाबजारीहरुको गति झ्न तीब्र भएको हो । सरकार र सरकारी निकायहरु कर्मकाण्डी अनुगमनमा मात्रै रमाउने भएकाले पनि कालो बजारी गर्नेहरुले मनपरी गर्न पाएका हुन । अझ त्यसमा पनि होलसेल तथा खुद्रा पसलमै नियमित अनुगमन नहुँदा झनै उपभोक्ता मारमा परेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष महर्जन बताउनुहुन्छ ।

1

छोटो समयमै बजार भाउले आकाश छुदाँ पनि सरकारमा बस्नेहरुहरु भने कानमा तेल हालेर बस्ने गरेका छन् । बजार भाउ नियन्त्रण गरेर सर्वसाधारणलाई अभिभावकत्व प्रदान गर्नुपर्ने निकायका मानिसहरु नै अवैध आम्दानीमा रमाउने हुनाले उनीहरुलाई बजार भाउले नछोएको हो कि भन्ने आशंका सर्वसाधारणमा छ ।

ad