अघाँखाची कपिलवस्तु सिमाना पत्थरकोटबाट ठूलो मात्रामा प्रतिबन्धित रक्तचन्दन बरामद ।

Open photo

अघाँखाची कपिलवस्तु सिमाना पत्थरकोट बाट ठूलो मात्रामा प्रतिबन्धित रक्तचन्दन बरामद । अर्घाखाँची जिल्लाबाट ठूलो मात्रामा रक्तचन्दन आईरहेको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मार्दा ठूलो मात्रामा रक्तचन्दन सहित मानिस नियन्त्रणमा लिएको हो ।

ad

पहाडी जिल्लामा रक्तचन्दनको खेती ? त्यो त्यति संभव नभएपनि उक्त सामान कहाँबाट आयो भन्नेमा प्रहरी नै अनविज्ञ रहेको छ । रातीमा प्रतिबन्धीत सामानहरू चोरी तस्करी मार्फत आउजाउ गर्ने भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोली उक्त स्थानमा पुगेको थियो ।

No description available.

शनिवार राती प्रहरीले सवारी साधानहरूलाई चेकजाँच गर्ने क्रममा रक्तचन्दन जस्तो देखीने रातो काठ लोड गरेको ना ५ ख ७३८२ नम्रबको ट्रक र लु २ च १६३९ नम्बरको बलेरोे जिप समेत नियन्त्रणमा लिएको थियो । ६ क्वीन्टल रक्तचन्दन सहित पक्राउ परेका मानिसहरुलाई अनुसन्धान गर्न र काठ परीक्षण गर्न आवश्यक कावाहीका लागि डिभीजन वन कार्यालय कपिलबस्तु पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिबन्धित रक्तचन्दन सहित पक्राउ परेका मानिसहरूलाई सोधपुछ गर्दै जाँदा रक्तचन्दन जस्तो देखीने काठ अघाँखाचीबाट ल्याएको भन्ने सुचना पाएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक गंगा थापाले जानाकारी दिए ।

No description available.

रक्तचन्दन काठ सहित पक्राउ पर्नेमा कपिलबस्तु शिबराज ३ बस्ने टिकाराम पान्डे शिव भार बिकास पौडेल सतिस पन्त राम सेवक चौधरी दिपक कार्की छन भने अघाँखाची मालारानी गाउँपालीका ९ बस्ने मिन बहादुर नेपाली, अघाँखाची पाणिनी गाउँपालीका ५ बस्ने गोकुल दर्लामीलाई नियन्त्रणमा लिएर कारबाहीका लागी डिभिजन बन कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रमुख प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए ।

No description available.

वन ऐन सम्बन्धित कारवाही हुने भएकाले अनुसन्धान गर्न डिभीजन बन कार्यालय कपिलबस्तु पठाएको छ । अनुसन्धान पछी मात्रै रक्तचन्दन हो होईन भन्न सकिने उनको भनाई छ ।

1

स्रोतका अनुसार रक्तचन्दन कहाँबाट आयो विषयमा प्रहरी र बन कार्यालय सोचनीय विषय बनेको छ । भारतमा उत्पादन र चीनमा नियात हुने उक्त बस्तुको बजार मुल्य समेत धेरै छ ।

No description available.

किलोमा विक्री हुने हुँदा यसलाई बहुमुल्य काठको रूपमा चिनिन्छ । नेपालमा सडक मात्र प्रयोग हुँदै आएकोमा पछील्लो समय कपिलबस्तुमा रक्तचन्दन जस्तो बस्तु भेटिनुलाई बडो गम्भीर रूपमा लिईएको छ।

ad