भूकम्पबाट प्रभावितको उद्धार, राहत र व्यवस्थापन गर्न प्रधानमन्त्रीद्वारा निर्देशन

Open photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बझाङमा गएको भूकम्पबाट प्रभावित भएका नागरिकको उद्धार, राहत र व्यवस्थापनका लागि प्रभावकारी काम गर्न निर्देशन दिएका छन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकका क्रममा उनले सरोकारवाला पक्षहरुलाई यस्तो निर्देशन दिएका हुन् । ‘बझाङ भूकम्प र पीडित नागरिकको उद्धार, राहत र व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गर्न निर्देशन गर्दछौँ ।

हालसम्म उद्धारका लागि जे जति प्रयास भएको छ, राहत र व्यवस्थापनमा खटिएका सबैलाई धन्यबाद । थप राहत र पुनःस्थापनाका लागि समन्वयात्मक रूपले काम गर्न निर्देशन दिएका छौं’ प्रधानभन्त्रीले भने, ‘तत्काल आवश्यक पर्ने स्रोतहरू व्यवस्थापन गर्ने निर्णय गरेका छौं।’

1

यसका लागि उनले तीनै तहका सरकारबीचसमन्वयमा एकीकृत रुपमा कार्यक्रम सञ्चालन गर्ने बताए । प्रधानमन्त्रीले सम्भावित विपतजन्य घटनालाई मध्यनजर गर्दै पूर्व तयारीका साथ बस्नुपर्ने भन्दै यसलाई सबै सम्बन्धित पक्षले गम्भीर रुपमा लिन आग्रह गरेका छन् ।

111