शिक्षक सरुवा प्रकरण : सन्धिखर्क २ भगवति मा.बि मा आवस्यकता एकातिर, स्विकृति अर्कोतिर भन्दै तिव्र बिरोध

Open photo

-अर्घाखाची डट्कम सम्बाददाता।

अर्घाखाँची – सन्धिखर्क २ मा रहेको भगवति माध्यमिक बिद्यालयमा शिक्षक सरुवा र दरबन्दीको बारेमा बिवाद उत्पन्न भएको छ् । बिद्यालयलाई अङ्रेजी शिक्षाकको आवस्यकता हुँदाहुँदै राजनीतिक पुर्वाग्रहमा सामाजिक बिषयलाई स्विकृति गरिएको भन्दै ब्यबस्थापन समिती सदस्य बिष्णु ढुंगानाले जिल्ला शिक्षा समन्न्वय र सन्धिखर्क नगरपालिकामा निवेदन दिएका छन ।

No description available.

1

केही शैक्षिक दलालहरुले भगवती माबी कुर संखेटारीलाई शैक्षिक रुपमा ध्वस्त बनाउने उद्देश्यका साथ स्कुल सन्चालनको लागि आवश्यक अङ्ग्रेजी दरबन्दीमा सरुवाको सहमती नदिइ आवस्यकता नै नभएको सामाजिक विशेषमा सहमती प्रदान गरेकोमा ब्यबस्थापन समितीका सदस्य र अभिभावकहरुले कडा बिरोध जनाइ सो रोक्न बिरोध पत्र पेश गरेको उनले बताएका छन ।

भगवती मा.वि मा रिक्त शिक्षक प्रा.वि., नि .मावि र मा.वि को अङ्ग्रेजी दरबन्दी रहेको र अङ्ग्रेजी शिक्षक अभावमा पठनपाठन समेत समस्या हुदाहुदै केही सदस्यलाई जानकारी नगराई केहिलाइ जबर्जस्ती गरि गोप्य रुपमा आवश्यकता नै नभएको सामाजिक विषयमा सरुवा सहमती दिने गरेको निर्णय प्रति गम्भीर आपत्ती रहेको निवेदनमा जनाएको छ ।

अभिभावकबाट निर्वाचित सदस्य ४ जना सहित २०० जना अभिभावकको दस्तखद सहित सो को लागि सहमति प्रदान नगर्न र अरु प्रावि र निमाविको शिक्षक नियुक्ती गर्न सहयोग गरिदिन भनी शिक्षा कार्यालय सन्धिखर्कमा डेलिगेसन सहित निवेदन दिएकाे निर्वाचित सदस्यले बताएका हुन ।

बिषय शिक्षकको अभावले बिधार्थीको पठन पाठनमा पुगेको असारको वेवास्था गरिएको , यस अघिका सहमती  पालना नगरि सिमित सदस्यहरुको उपस्थितिमा समिती सदस्यहरुलाई वास्तबिकता नबुझाई झुक्याएको र जानकारी समेत् नदिएको समेत आरोप निवेदन पत्रमा उल्लेख गरिएको छ ।

यस्तो छ निवेदनमा उल्लेखित आरोपपत्र:

No description available.

No description available.

111

 

 

अन्य समाचारहरु