अर्घाखाँची– सन्धिखर्क नगरपालिकाको वडा नं. २ मा राष्ट्रिय जनमोर्चाले सदस्यता अभियान तीव्र बनाएको छ । जनमोर्चाको तीन अभियान कार्यक्रम अन्तर्गत असोज महिना भरि जिल्ला व्यापी सङ्गठन अभियान सञ्चालन गर्ने योजना अनुसार सदस्यता अभियान तीव्र बनाइएको हो । राजमो जिल्ला अध्यक्ष थम्मन केसीका अनुसार यतिखेर अर्घाखाँचीको सन्धिखर्क नगरपालिका भित्र रहेका १२ ओटै वडाहरूमा सदस्यता वितरण अभियान चलिरहेको छ ।
त्यसका लागि नेताहरूको जिम्मेवारी बाँडफाँट गरिएको राजमोले जनाएको छ । त्यसअनुसार, नगरपालिकाको वडा नं. २ मा थम्मन केसी, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का उपाध्यक्ष गोविन्द बिसी, राजमो नगर सदस्य कृष्ण खनाल, राजमो नगर सदस्य शालिकराम बन्जाडे, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष जनक पुन, अखिल (छैठौं) का जिल्ला सहसचिव भोजराज लगाएतको टोलि अभियानमा लागिरहेका छन् ।