उद्धारका लागि सरकार तयारी अवस्थामा : हवाई रुट नपाउँदा इजरायलबाट नेपालीको उद्धारमा ढीलाई

काठमाडौं । हवाई उडानको रुट नपाउँदा इजरायलबाट नेपालीहरुको उद्धारमा ढिलाइ भएको छ ।

इजरायलमा मृत्यु भएका १० जनाको शव ल्याउन र नेपाली विद्यार्थीको उद्धार गर्ने सरकारले निर्णय गरेको थियो । उडान अनुमति नपाउँदा भने उद्धारमा ढिलाइ भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले हवाई उडानको लागि रुट नपाउँदा समस्या भइरहेको जनाएको छ ।

जहाज तयारी अवस्थामा रहेकाले उडान अनुमति पाउने वितिक्कै नेपालीको उद्धारका लागि बिमान इजरायलतर्फ जानेछ । परराष्ट्र मन्त्रालयले पनि नेपालतर्फ कुनै समस्या नरहेको र इजरायलबाट अनुमति पाउने वितिक्कै नेपालीहरूको उद्धार गरेर ल्याउने जनाएको छ ।

इजरायलमा रहेका नेपालीकोबारे परराष्ट्रमन्त्री साउदले इजरायलका विदेश मन्त्रीसँग टेलिफोन कुराकानी समेत गर्नुभएको थियो । इजरायल र प्योस्टाइनी आतंकवादी संगठन हमासबीच लडाइ अझै जारी छ । गत शनिवार हमासका लडाकुले एक्कासी इजरायलमाथि आक्रमण गरेका थिए ।

हमासले आक्रमण गर्दा इजरायलतर्फ १० नेपालीसहित १२ सय जनाको मृत्यु भएको छ । त्यसैगरी इजरायलले जवाफी आक्रमण गरेरपछि ९ सय प्यालेस्टाइनीको मृत्यु भएको छ ।

111