अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाले सदस्यता अभियान तीव्र बनाएको छ ।जनमोर्चाका तीन अभियान कार्यक्रमअन्तर्गत असोज महिना भरि जिल्लाव्यापी सङ्गठन अभियान सञ्चालन गर्ने योजना अनुसार सदस्यता अभियान तीव्र बनाइएको हो ।
राजमो जिल्ला अध्यक्ष थम्मन केसीका अनुसार यतिखेर अर्घाखाँचीको जिल्लाभर रहेका ६ वटा पालिका ६१ वार्डहरुमा सदस्यता वितरण अभियान चलिरहेको छ । त्यसका लागि नेताहरूको जिम्मेवारी बाँडफाँट गरिएको राजमोले जनाएको छ ।
त्यसअनुसार, आज सन्धिखर्क नगरपालिकाको डिवर्ना, वाङ्लामा थम्मन केसी, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का उपाध्यक्ष गोविन्द बिसी, राजमो जिल्ला सदस्य गोपाल पाण्डे , नगर सहसचिव वसन्त खड्का ,नगर सदस्य राजेन्द्र आचार्य , युवकसँगका जिल्ला सदस्य सन्तोष सुनार लगाएका नेताहरुको उपस्थितिमा सदस्य बितरण गरिएको थियो।