काठमाडौं । अब सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन र नवीकरण दस्तुर अनलाइनबाट तिर्न सकिने भएको छ । पहिलाे चरणमा ललितपुरस्थित यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट याे सेवा सञ्चालन हुन लागेकाे हाे ।
“सवारी चालक अनुमति पत्रका लागि व्यक्ति आफैंले अनलाइन फाराम भरेजस्तै रकम पनि अनलाइनबाटै भुक्तानी गर्न सकिने सेवा सुरु हुँदैछ,” कपालीले भने, “त्यसपछि सेवाग्राहीले अनलाइनबाटै रकम भुक्तानी गर्न सक्नेछन् भने कार्यालयमा बायोमेट्रिक्स र मेडिकलका लागि मात्र उपस्थित हुनुपर्नेछ ।”
अनलाइन माध्यमबाट भुक्तानी गर्न सकिने सेवा सुरु भएपछि कार्यालयमा कामको भार ५० प्रतिशतले घट्ने उनको विश्वास छ । उनका अनुसार सवारी चालक अनुमति पत्र नवीकरण र सवारी चालक अनुमति पत्रको नयाँ फाराम भरिसकेपछि बुझाउनुपर्ने ५०० रुपैयाँ अनलाइन प्रणालीबाटै भुक्तानी गर्न सकिनेछ ।
“त्यसको केही समयपछि नै ट्रायल पास भइसकेका सेवाग्राहीको रकम पनि अनलाइनबाटै भुक्तानी गर्न सकिने कामको तयारी भइरहेको छ,” उनले भने, “एक वर्ष भित्रमा यस कार्यालयमा नगद भुक्तानी गर्नै नपर्ने अवस्था सिर्जना गर्नेगरी काम भइरहेको छ ।” टेकपानाले उल्लेख गरेको छ ।