साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं बार्षिक साधारण सभा सन्धिखर्कमा सम्पन्न (तस्बिर सहित)

Open photo

-केशब पन्थी, अर्घाखाची डट्कम।

 सन्धिखर्क – साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क –२ चुत्राबेसीको ११ औं बार्षिक साधारण सभा सन्धिखर्कमा सम्पन्न भएको छ । साधारण सभाको सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले पानसमा दिप प्रज्ववलनगरी उद्घाटन गर्नुभएको हो ।

No description available.

उद्घाटन कार्यक्रममा मनतब्य राख्दै नगरप्रमुख श्रेष्ठले सहकारीको माध्ययमबाट समृद्धि सम्भव रहेको भन्दै सबैलाई सहकारीमा जोडिन आग्रह गर्नुभयो । श्रेठले सहकारीले उद्योग,व्यापार संगै कृषि र पशुपालनको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड पनि दिनुभयो ।

No description available.

बेरोजगार युबाहरुलाई कसरी रोजगार दिलाउन सकिन्छ भन्ने बिषयमा ब्यापक छलफलगरी योजना बनाएर अगाडी बढ्ेमा सहकारीको ब्यापकता अझ बढ्ने भन्दै श्रेष्ठले स्थानिय स्तरमा उपलब्ध हुने स्रोत साधनको प्रयोगगरी बिभिन्न प्रकारका उद्योग सञ्चालन गर्ने र कृषिलाई आधुनिकिकरण गरी जिल्लालाई उत्पादन मुखी बनाउनुपर्ने बताउनुभयो ।

No description available.

एक व्यक्ति, एक सहकारी भन्ने मान्यतालाई आत्मसाथ गरी अगाडी बढ्न सबै सदस्यलाई सुझाब दिदै श्रेष्ठले नगरपालीका सहकारीको बिकासकोलागी जस्तोसुकै सहयोग गर्न तयार रहेको समेत प्रष्ट पार्नुभयो । पछिल्लो समय देशमा सहकारी आतंक बढीरहेको भन्दै श्रेष्ठले सहकारलिे शेयरसदस्यहरुको लगानीको सुरक्षागर्नुपर्नेमा जोड दिनुभयो । बाहीरी जिल्लामा यस्ता खाले समस्या आउने गरेको भएपनि अर्घाखाँची यस्ता समस्या नआउनेमा आफु विस्वस्त रहेको श्रेष्ठको भनाई रहेको छ ।

No description available.

संस्थाका अध्यक्ष प्रकाश भुसालको अध्यक्षता, मञ्जु आचार्यको स्वागत मनतब्य र केशब घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा अध्यक्ष भुसालले संस्थाको प्रगति प्रतिबेदन,प्रस्तावित कार्यक्रम निति तथा योजना, कार्यालय व्यवस्थापक बसन्ता गुरुङ्गले प्रस्तावित बजेट सहितको प्रगति प्रतिबेदन, ऋण लगानी तथा धितो मूल्यांकन उपसमितिका संयोजक डिलाराम भुसालले बार्षीक प्रतिबेदन र लेखा सुपरीवेक्षक विष्णु प्रसाद बन्जाडेले लेखा समितिको तर्फबाट तयार पारीएको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

No description available.1

कार्यक्रममा असल ऋृणी, असल बचत कर्ता, पत्रकार, जेष्ठ नागरीकहरु, संस्थाका उत्कृष्ट कर्मचारी र संस्थालाई बिशेष योगदानगर्ने सदस्यहरुलाई प्रमाणपत्र र जिन्सी सामान सहित सम्मान गरीएको थियो । सन्धिखर्क डान्स एकेडेमिका कलाकारहरुबाट नृत्य समेत प्रदर्शन गरिएको कार्यक्रममा सन्धिखर्क नगरपालीका ८ नं वडाअध्यक्ष हुमप्रसाद बन्जाडे,जिल्ला सहकारी संघका सचिब घनश्याम पौडेल,नेपाल पत्रकार महासंघ लुम्बिनि प्रदेश सदस्य प्रेम आचार्य,अर्घाखाँची जिल्ला कोषाध्ययक्ष रुद्रमणी भुसाललगायतले शुभकामना मनतब्य राख्नुभएको थियो ।

No description available.

दश बर्षको समयमा दुई पटक डिभिजन सहकारी कार्यालय कपिलवस्तुबाट पुरस्कृत भएको साथी सहकारी हालसम्म आधा दर्जन भन्दा धेरै संघसंस्थाहरुबाट सम्मानित भएको जिल्लाको उत्कृष्ट संस्था मध्ये पर्दछ । हालसम्म संस्थामा ३३ सय ३ जना शेयर सदस्य, करिब २५ करोड शेयर पँुजी , १३ करोड ऋण लगानी र १६ करोड भन्दा धेरै बचत रहेको संस्थाले जनाएको छ ।

No description available.1

पछिल्लो समय संस्थाको कार्य क्षेत्र बिस्तार भइ कपिलबस्तु, रुपन्देही र अर्घाखाँची गरी ३२ वटै पालीकामा कामगर्नको लागी सहकारीले अनुमति प्राप्त गरेको अध्यक्ष भुसालले बताउनुभयो । सहकारीले विभिन्न सामाजिक कार्यक्रम र रचनात्मक कामगरी केवल सदस्यको मात्र नभई जिल्लाकै मन जित्न सफल भएको छ ।

No description available.

संस्थाले बिभिन्न चेतनामुलक कार्यक्रम, तालीम, छात्रबृत्ति बितरण, राहत बितरणलगायतका उल्लेखनिय गतिबिधिहरु सञ्चालन गर्दे आईरहेको संस्थाले जनाएको छ ।

111Open photo

 

अन्य समाचारहरु