प्रदेशीको पिडा : देश परदेश मेरो कथा मेरो भोगाई, सरकार तिमी दशैँ मनाऊ, म त हिँडेँ परदेश……

Open photo

देश परदेश मेरो कथा मेरो भोगाई, सरकार तिमी दशैँ मनाऊ, म त हिँडेँ परदेश

   -केशब घिमिरे अर्घाखाँची । 

भारत,गुणगाउ – उमेरले अहिले ३० वर्ष लागेँ । नेपालको बेरोजगारीको बाध्यताले गर्दा भारत जानु पर्‍यो । तर म यो देशमा टिक्न सकिंन । त्यसैले जाँदै छु छिमेकी देश भारत । बुवा आमा सोझा छन् । सम्पत्ति पनि धेरै छैन । घरको चुलो परदेश नगई बल्दैन । त्यसैले पनि परदेश जानु परेको हो ।

1

यो केही समय देशमा बिताउँदा थुप्रै कुराको अनुभव भयो । भारतमा ३२ हजार कमाउन जति दुःख गर्न पर्छ नि यहाँ त १० हजार कमाउन पनि त्यसको दोब्बर दुःख गर्न पर्ने रहेछ । जति गर्न खोज्दा पनि घरको चुलो बल्नै गाह्रो भएपछि हामीलाई परदेश लाग्नै पर्छ । तर अहिले यो चाडबाडको बेलामा परदेश हिँड्न पर्दा मन भारी भएको छ ।

1

परिवारसँगै दशैँ नमनाएको पनि धेरै वर्ष भइसक्यो । यो पालि चाहिँ सँगै मनाउन पाइन्छ कि भन्ने लागेको थियो । तर यसपालि पनि यस्तै हुने भयो ।

हाम्रो पनि गाउँघरमा दशैँ धूमधामसँग मनाइन्छ । मेला लाग्छ । दुर्गा पूजा गरिन्छ । तर हामी गरिब दुःखीलाई कहाँ यस्तो भाग्य मिल्ने रहेछ र । भाग्यमै थिएन सायद भनेर चित्त बुझाएको छु ।

दुःख त घरमा पनि लाग्यो होला । तर बाध्यताको अघिल्तिर भावना कमजोर बन्ने रहेछ । आमाको मन कति दुखेको होला । चाडबाडको बेलामा छोरो परदेश हिँड्यो भन्ने त उहाँलाई पनि लागेको होला । तर भन्न सक्नुहुन्न । तर यो रहर होइन बाध्यता हो ।

हाम्रो पहाडमा त सबैको अवस्था नै खराब छ । विदेश नगई त घरको चुलो बल्न पनि गाह्रो छ ।

कम्तीमा पनि सरकारले हामीजस्तो मजदुरी गर्नेलाई महिनाको २०/२५ हजार रुपैयाँ मात्र कमाइ हुने वातावरण मात्र बनाइ दिए पनि सायद यसरी परदेश हिँड्न पर्दैन थियो कि ।

महिनामा २०/२५ हजार रुपैयाँ मात्र कमाइ भयो भने त हामी पनि खुसी …खुसी आफ्नै देशमा बस्न पाउने थियौँ नि । सरकारले यति वातावरण बनाइदिए त यस्तो भारी मन लिएर विदेश हिँड्न पर्दैन थियो । तर म सरकारलाई भन्न चाहन्छु तपाईँहरू  त भष्टचार गरेर खुसीयाली मनाइ रहनु भएको छ । रमाइ रहनु भएको छ । तर युवाहरूलाई यस्तो बाध्यता बनाइ दिनु भएको छ त्यो उचित छैन ।

तपाईँहरू ठुलो ठुलो महलमा टीका जमरा लगाएर विजया दशमी मनाउनुहोस् । म त परदेश हिँडेँ । म जस्ता लाखौं नेपालीको पिडा नै यहि छ।

111Open photo