केशवराज ज्ञवाली
नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समितिको पदभार ग्रहण कार्यक्रम तथा शुभकामना आदानप्रदान सहित सम्मान कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा नेबिसंघ अर्घाखाँचीको कार्यसमितिका २१ सद्स्यिय पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका हुन ।
बिपि स्मृति भवनमा भएको कार्यक्रममा नेविसंघ अर्घाखाँचीका संस्थापन अध्यक्ष बालकृष्ण श्रेष्ठदेखी निवर्तमान अध्यक्ष भरतमणी भट्टराईसम्मलाई सम्मान गरिएको नेविसंघका सचिव राजेन्द्र रायमाझीले जानकारी दिए
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सह–महामन्त्री बिष्णु मुस्कानले नेविसंघमा आबद्ध हरेक विद्यार्थी अन्य क्रियाकलापसंगै पढाईमा पनि अब्बल हुनुपर्ने बताएका छन् । नेविसंघमा आबद्ध विद्यार्थी पढाईमा समेत अब्बल हुनुपर्छ भन्ने मान्यताका साथ आफुले पढ्ने स्कुल, कलेज, विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरी पढ्न उनको आग्रह थियो । हरेक परिवर्तनका आन्दोलनमा नेविसंघको भुमिका उत्कृष्ट रहेको भन्दै उनले आउँदा दिनमा समेत देशको नेतृत्व गर्ने जनशक्ती नेविसंघले उत्पादन गर्नेमा विश्वस्त रहेको बताए
नेबिसंघ अर्घाखाँची अध्यक्ष कृश्न प्रसाद भुसालले यथाशीघ्र अधिवेशन सम्पन्न गराइ आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिवद्दता जनाएका छन ।
नेबिसंघका केन्द्रिय अध्यक्ष डोजाङ्ग शेर्पाद्वारा नेबिसंघ अर्घाखाँचीको जिल्ला अध्यक्षमा मनोनित भुसालले आफू र आफुद्वारा मनोनित यो कार्यसमितिले कुनैगुट उपगुट नभनी संगठन बिस्तारमा लाग्ने र नेबिसंघको संगठन बिस्तारमा मेहनत गर्ने साथिहरुलाइ अधिवेशनमा सम्मानित नेतृत्व प्राप्त गर्न सहयोग गर्ने पनि जनाए कार्यक्रम नेविसंघ जिल्ला अध्यक्ष कृष्ण भुसालको अध्यक्षता, राजेन्द्र रायमाझीको स्वागत मन्तव्य तथा सचिव बसन्त पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।