जाजरकोट केन्द्रबन्दिु भएर गएको भूकम्पबाट रुकुमपश्चिमा १० जनाको मृत्यु भएको छ।
रुकुमपश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १२ का तीन जना र वडा नम्बर ११ का सात जनाको मृत्यु भएको आठबीसकोट नगरपालिकाकी उप–प्रमुख धनकुमारी शाहीले जानकारी दिइन्।
रातिको समय भएकाले विवरण संकलन गरी उद्धार र राहतका काम गर्न समस्या भएको सरकारी अधिकारीहरुले बताएका छन् ।
जाजरकोटमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएका छन् । क्षतिको विवरण र सूचना संकलन भइरहेको छ । कतिपय स्थानमा टेलिफोन टावरले काम नगर्दा सूचनामै समस्या भइरहेको छ।
कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री वेदराज सिंहले जाजरकोटमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएको बताएका छन् । क्षतिको विवरण र सूचना संकलन भइरहेको र कतिपय स्थानमा टेलिफोन टावरले काम नगर्दा सूचनामै समस्या भइरहेको उनको भनाइ छ। नेपाल खबरले उल्लेख गरेको छ।