जाजरकोट भूकम्पबाट मृत्यु हुनेको संख्या १५७ पुग्यो, १९७ घाइते, ज्यान गुमाउनेमा महिला बढी

जाजरकोट – गएराति पश्चिम नेपालमा आएको भूकम्पबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ। जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जना गरी अहिलेसम्म १५७ जनाको मृत्यु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

यसरी ज्यान गुमाउनेमा पुरुषभन्दा महिलाको संख्या धेरै छ।

1

जाजरकोटमा ६२ जना महिला र ३३ पुरुषको मृत्यु भएको पुष्टि भएको छ। त्यस्तै, रुकुम पश्चिममा २७ महिला र २५ पुरुषको मृत्यु भएको तथ्यांक प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको छ।

1

त्यस्तै जाजरकोटमा ८१ र रुकुम पश्चिममा ७९ जना घाइते भएका छन्।

गएराति आएको ६.४ रेक्टरको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुगेको छ।

जाजरकोट र रुकुम पश्चिमका विभिन्न गाउँहरूमा अहिले राहत तथा उद्धार टोली खटिएको छ। भूकम्पपछि त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ।