रियो उत्कृष्ट कुकुर : रौतहट हत्याकाण्ड पत्ता लगाउने रियो वर्षकै उत्कृष्ट कुकुर

Open photo

काठमाडौं । गएको असार २९ गते रौतहटको देवाही गोनाही नगरपालिका–६ का ३५ वर्षीय जगरनाथ साहको हत्या घटनामा सफल ‘ट्रयाक’ लिने प्रहरीको रियो नाम गरेको कुकुरलाई वर्षको उत्कृष्ट घोषणा गरिएको छ । कुकुर तिहारका दिन आइतबार प्रहरीले रियोलाई उत्कृष्ट कुकुर घोषणा गरेको हो ।

1

आफ्नै घरमा सुतेका बेला धारिलो हतियार प्रयोग गरी साहको हत्या गरिएको थियो । घटनाको सूचना पाएलगत्तै प्रहरीको वीरगन्जस्थित केनाइन शाखाबाट अपराध अनुसन्धानमा खटिँदै आएको रियो नामको ‘ट्रयाकर डग’लाई घटनास्थलमा प्रयोग गरिएको थियो ।

kukur4-1699759638.jpg

साहको शवनजिकै महिलाले प्रयोग गर्ने कपालमा लगाउने क्लिप फेला पर्‍यो । त्यही क्लिपलाई सुँघाएर छोड्दा रियोले साहकै श्रीमती चन्दा साहलाई संकेत गरेको थियो । प्रहरीले चन्दामाथि नै केरकार गर्‍यो । तर, उनले सुरुआतमा राति चार युवकको समूहले श्रीमान्‌को हत्या गरेको प्रहरीसमक्ष बयान दिइन् । पछि उनलाई नियन्त्रणमै लिएर अनुसन्धान गर्दा हत्या आफैँले गरेको स्वीकार गरेकी थिइन् ।

kukur9-1699759640.jpg

राति सुतेका बेला धारिलो हतियार प्रयोग गरेर चन्दाले श्रीमान् जगरनाथको हत्या गरेकी थिइन् । हाल चन्दा जिल्ला अदालत रौतहटको आदेशले पुर्पक्षका निम्ति थुनामा छिन् । यस्तै, पर्साको जगरनाथपुरकी कान्तिदेवी मुखियाको हत्या घटनामा समेत प्रहरीले रियो नै प्रयोग गरेको थियो । उक्त घटनामा रियोले शंकास्पद दुईजनालाई संकेत गरेको थियो । उक्त घटनाबारे प्रहरीले अझै अनुसन्धान गरिरहेको छ । हत्या घटनामा सफल ट्रयाक दिएको भन्दै प्रहरी प्रधान कार्यालयले रियोलाई वर्षको उत्कृष्ट कुकुर घोषणा गरेको हो । – बाहखरी

kukur4-1699759638.jpg

111