पेड्रो सान्चेजले स्पेनको प्रधानमन्त्रीको शपथ लिएका छन्। सान्चेजले स्पेनका राजा फेलिप छैठौँसँग शपथ लिएका हुन्।
म्याड्रिडको बाहिरी भागमा रहेको शाही निवासमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको थियो।
सन् २०१८ र २०२० मा शपथ ग्रहण गर्दा जस्तै, सान्चेजले स्पेनिस संविधानको प्रतिलिपिमा शपथ लिएका थिए।
शपथ ग्रहणपछि राजा फेलिपले सान्चेजलाई कार्यालयमा फर्किएकोमा बधाई दिए।
बिहीबारको इन्भेष्टिचर भोटमा सान्चेजको पक्षमा १ सय ७९ र विपक्षमा १ सय ७१ मत खसेको थियो।
कुल ३ सय ५० सिटको संसद्मा दुई क्याटालान पृथकतावादी पार्टीको समर्थनले उनलाई प्रधानमन्त्रीमा पुनः निर्वाचित गराएको हो। – सिन्ह्वा