टिकटक प्रतिबन्धविरुद्धका रिट आज ‘हेर्न नभ्याइने’

Open photo

काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई हेर्न नभ्याइनेमा परेको छ ।

उक्त रिट सोमबार सुनुवाइका लागि न्यायाधीश कुमार चुडालको इजलासमा परेको थियो । सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले एकल इजलासमा रहेका मुद्दाहरू हेर्न नभ्याइनेमा परेको हो ।

टिकटक प्रतिबन्ध माथिको रिटमा आज भएन सुनुवाइ, त्यसमाथि थपिए ३ नयाँ मुद्दा1

सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले उत्प्रेषणको आदेशबाट सरकारको निर्णय बदर गरी पूर्ववत अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गरिएका गर्नुभएको थियो । सरकारको निर्णय गैरकानुनी एवं गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको समेत रिटमा उल्लेख गरिएको छ ।

1

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सद्भाव बिगारेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

थियो ।

111