काठमाडौं । न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।
सिफारिस हुने कानुन व्यवसायीहरुमा बालकृष्ण ढकाल र सुनिल पोखरेल रहनु भएको छ । उच्च अदालतका न्यायाधीशमध्य बाट सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान सिफारिस भएको बताइएको छ ।
आज बसेको न्यायपरिषद्को बैठक उहाँहरुलाई सिफारिस गरेको हो ।