काठमाडौं । बल्खुमा दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबिच फेरि झडप भएको छ ।
दुर्गा प्रसाईंका कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ ।
प्रहरीको घेरा तोडेर प्रदर्शनकारीहरु कालीमाटीतर्फ जानलागेपछि झडप भएको हो ।
केही प्रदर्शनकारी घाइते भएका छन् ।